हाम्रा कार्यालयहरु

उजुरी वा गुनासो

पत्राचार गर्ने ठेगाना
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौं

सम्पर्क नम्बर
फोन नं‌ : +९७७-१-४२११२०८
             +९७७-१-४२११२१४
टोल फ्रि :  १११२   (निशुल्क)
फ्याक्स : +९७७-१-४२११२५७,
               +९७७-१-४२११२८६
इमेल :  gunaso@moha.gov.np

प्रहरी सेवाको लागी
फोन नं‌   : १०० ((निशुल्क)

उजुरी वा गुनासो गर्नुहोस्

प्रेस बिज्ञप्ति


प्रेस विज्ञप्ति



आज मिति २०६९।०२।१९ का दिन केन्द्रीय सुरक्षा समितिको वैंठक बस्यो। बैंठकमा समसामयिक घटना लगायत वर्तमान शान्ति सुरक्षाको अवस्थाका बारेमा समीक्षा गरियो। संविधानसभाको म्यादलाई दृष्टिगत गरी २०६९ जेष्ठ १४ गते केन्द्रीत सुरक्षा योजना अनुरुप सुरक्षाकर्मीले मुलुकको शान्ति सुरक्षा कायम राख्न गरेको प्रयासप्रति सन्तोष ब्यक्त गरियो। यही २०६९ जेष्ठ १८ गतेका दिन सर्वोच्च अदालतका माननीय न्यायाधीश रणवहादुर वमको शंखमुल यु.एन. पार्क नजिक गोली हानी हत्या भएको घटनाप्रति केन्द्रीय सुरक्षा समितिको गम्भीर ध्यानाकर्षण भएको र वैंठकले उक्त घटनाप्रति दुःख प्रकट गर्दै भत्सर्ना समेत गरेको छ।  
 
विशिष्ठ व्यक्तिहरुको सुरक्षा खतराको मूल्याङ्कन गरी सुरक्षा व्यवस्था मिलाउन सम्वन्धित निकायलाई निर्देशन भएको र विशिष्ठ व्यक्ति सुरक्षा व्यवस्थापन निर्देशिकालाई परिमार्जन गर्न गृह मन्त्रालयका सहसचिव श्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ। तत्कालै मा. न्यायाधीशहरुको थप सुरक्षा व्यवस्था मिलाउन निर्देशन समेत दिइएको छ।