नवलपरासीको कावासोतीमा मिति २०६९/१/२७ गतेका दिन भएको प्रहरी कारवाहीमा परि जिल्ला नवलपरासी कुमारवर्ती वडा नं. ७ बस्ने धनबहादुर थनेत घाइते भई काठमाडौं शिक्षण अस्पताल महाराजगञ्जमा ल्याई उपचार भईरहेकोमा हिजो मिति २०६९/२/२३ गते निजको दुःखद निधन भएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । उपचारको क्रममा मृत्यु भएका धनबहादुर थनेतको आर्थिक अवस्था र घटनाको गाम्भिर्यतालाई समेत दृष्टिगत गरी निजका आश्रित परिवारलाई राहत स्वरूप रू.१० लाख आर्थिक सहयोग उपलब्ध गराईदिने र निजलाई शहीद घोषणा गर्ने सम्बन्धमा पनि निर्णयका लागि मन्त्रिपरिषद्मा आवश्यक प्रक्रिया अगाडि बढाई सकिएको व्यहोरा सम्वन्धित सबैलाई जानकारी गराईन्छ ।
शान्ति र सु-व्यवस्था कायम राख्ने कार्यमा संयमता अपनाई सहयोग पुर्याईदिन हुन समेत सम्वन्धित सबैमा गृह मन्त्रालय हार्दिक आग्रह गर्दछ ।
उजुरी वा गुनासो
पत्राचार गर्ने ठेगाना
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौं
सम्पर्क नम्बर
फोन नं : +९७७-१-४२११२०८
+९७७-१-४२११२१४
टोल फ्रि : १११२ (निशुल्क)
फ्याक्स : +९७७-१-४२११२५७,
+९७७-१-४२११२८६
इमेल : gunaso@moha.gov.np
प्रहरी सेवाको लागी
उजुरी वा गुनासो गर्नुहोस्फोन नं : १०० ((निशुल्क)