आज मिति २०६९।३।४ गतेका दिन सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराई व्राजिलको रियो दि जेनेरियोमा हुने राष्ट्र संघीय अन्तराष्ट्रिय वातावरण तथा दिगो विकास सम्बन्धी सम्मेलनमाभाग लिन जाने क्रममा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरुले प्रधानमन्त्रीलाई उक्त भ्रमणमा जान रोक्ने भनी राखेको विरोध कार्यक्रमको क्रममा आन्दोलनकारीहरुले विमानस्थलतर्फ प्रधानमन्त्रीलाई विदाइ गर्न जानु भएका जर्मन राजदूत चढेको १८ सी–डी ०४ नं. को गाडीमा गोल्डेन गेट नजिक ढुङ्गा प्रहार गरेको। त्यसैगरी परराष्ट्र मन्त्रालयको वा१झ ५४५३ नम्बर र गृह मन्त्रालयको वा.१झ–७९६९ नं. कारमा समेत ढुङ्गा प्रहार गरी क्षति पुर्याइएको छ। विदेशी कुटनीतिक नियोगको सवारी साधनमाथि भएको यस प्रकारको अमर्यादित व्यवहारप्रति नेपाल सरकार गृह मन्त्रालय गहिरो दुःख व्यक्त गर्दछ ।
उजुरी वा गुनासो
पत्राचार गर्ने ठेगाना
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौं
सम्पर्क नम्बर
फोन नं : +९७७-१-४२११२०८
+९७७-१-४२११२१४
टोल फ्रि : १११२ (निशुल्क)
फ्याक्स : +९७७-१-४२११२५७,
+९७७-१-४२११२८६
इमेल : gunaso@moha.gov.np
प्रहरी सेवाको लागी
उजुरी वा गुनासो गर्नुहोस्फोन नं : १०० ((निशुल्क)