तपाईं यहाँ हुनुहुन्छ: गृह पृष्ठ » हाम्रो बारेमा » मुख्य कार्यहरू »
गृह मन्त्रालयबाट सम्पादन गरीने कार्यहरु
नेपाल सरकार (कार्य-विभाजन)नियमावली, २०६९
नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत मिति २०६९/२/५
१. आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. शान्ति, सुव्यवस्था तथा कानुन र व्यवस्था;
३. हातहतियार र खरखजानाको इजाजत र नियन्त्रण;
४. विस्फोटक पदार्थ नियन्त्रण;
५. विदेशी नागरिकको नियमन तथा नियन्त्रण;
६. सवारी नियन्त्रण तथा उपत्यकामा रहेका सरकारी सवारी साधनको व्यवस्थापन;
७. गैरसरकारीसङ्घ, संस्था प्रशासन;
८. क्षेत्रीय तथा स्थानीय प्रशासन;
९. नागरिकता;
१०. जनमत सङ्ग्रह;
११. आप्रवासन तथा प्रवासन;
१२. तीर्थस्थान र तीर्थयात्री;
१३. कल्याण धन र बेवारिसी धन;
१४. चिट्ठा, जुवा आदिको नियन्त्रण;
१५. सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
१६. विपद् व्यवस्थापन;
१७. सार्वजनिक बिदाको घोषणा, उर्दी र सार्वजनिक उत्सव आदि;
१८. सार्वजनिक चन्दा सङ्कलनको नियमन र नियन्त्रण;
१९. अध्यागमन;
२०. सजायको माफी, मिनाहा तथा परिवर्तन;
२१. विभूषणसम्बन्धी कार्य;
२२. शरणार्थी मामिला;
२३. अञ्चल र जिल्लाको सदरमुकाम तथा सीमाना;
२४. राष्ट्रिय परिचयपत्र;
२५. लागू औषध नियन्त्रण र प्रशासन;
२६. अन्तर्राष्ट्रिय सीमा, सीमास्तम्भको सुरक्षा र सीमा प्रशासन;
२७. गृह प्रशासन (कारागार, शान्तिसुव्यवस्था, लागू औषध, प्रकोप व्यवस्थापन, सुपुर्दगीलगायत) विषयक राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय र सम्पर्क;
२८. सङ्गठित अपराध नियन्त्रण;
२९. बारुदी सुरुङ्गको निवारण;
३०. धार्मिक विषय;
३१. सुपुर्दगी;
३२. कारागार व्यवस्थापन;
३३. प्रहरी कल्याण;
३४. निर्वाचन आयोग,
३५. नेपाल प्रहरी;
३६. सशस्त्र प्रहरी बल;
३७. राष्ट्रिय अनुसन्धान विभाग;
३८. प्रहरी कितावखाना;
३९. अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका विषय ।
उजुरी वा गुनासो
पत्राचार गर्ने ठेगाना
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौं
सम्पर्क नम्बर
फोन नं : +९७७-१-४२११२०८
+९७७-१-४२११२१४
टोल फ्रि : १११२ (निशुल्क)
फ्याक्स : +९७७-१-४२११२५७,
+९७७-१-४२११२८६
इमेल : gunaso@moha.gov.np
प्रहरी सेवाको लागी
उजुरी वा गुनासो गर्नुहोस्फोन नं : १०० ((निशुल्क)