Disaster Study Risk Reduction and Recovery Section
| bipad@moha.gov.np | |
| Contact no. |
+977-1- 4211281 / 4211282 |
| Division | Disaster and Conflict Management Division |
Major Activities
- विपद् व्यवस्थापन सम्बन्धी विषयहरुको अध्ययन, खोज तथा विश्लेषण गर्ने,
- विपद् व्यवस्थापन सम्बन्धी चेतना अभिवृद्धि गर्न तालिम तथा प्रशिक्षणका लागि राष्ट्रिय कार्यक्रमहरु संचालन गर्ने र विद्यालय तथा विश्वविद्यालय शिक्षामा विपद् सम्बन्धी पाठ्यक्रम समावेश गर्ने कार्यमा सहयोग एवं समन्वय गर्ने,
- विपद् व्यवस्थापन सम्बन्धी ऐन, नियमावली, नीति तर्जुमा र परिमार्जन गर्ने,
- Nepal Risk Reduction Consortium (NRRC) को सचिवालयसँगको समन्वय तथा सहजकर्ताको रुपमा कार्य गर्ने
- बृहत्तर विपद् जोखिम व्यवस्थापन कार्यक्रम Comprehensive Disaster Risk Management Programme (CDRMP) को समन्वय गर्ने,
- विपद् व्यवस्थापनका लागि संस्थागत संरचना र प्रणालीको अध्ययन, अनुसन्धान तथा सिफारिस गर्ने,
- विपद् व्यस्थापनसँग सम्बन्धित विभिन्न तहमा तालिम, प्रशिक्षण, गोष्ठि कार्यक्रमको संचालन गर्ने गराउने तथा अध्ययन र गरी प्रतिवेदन गर्ने,
- नेपालको भौगोलिक, प्राकृतिक, सडक संरचना, खोला, नाला, वन जङ्गल आदि स्पष्ट देखिने गरी विपद् जोखिमको लेखाइन तथा नक्साइन तयार गर्ने,
- विपद् सम्बन्धी रणनीति, कार्यढाँचा तथा मापदण्डहरुको निर्माण र परिमार्जन गर्ने
- विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी भएका कार्यक्रमहरुको समन्वय, अनुगमन मूल्याङ्कन र प्रतिवेदन गर्ने ।
- विपद् जोखिम न्यूनीकरण र व्यस्थापन सम्बन्धी केन्द्रीय र स्थानीय तहमा प्रचलनमा रहेका मापदण्ड, निर्देशिका र कार्ययोजनाहरुको अध्ययन, विश्लेषण गरी उपयुक्त एकीकृत व्यवस्थाका लागि सिफारिस गर्ने,
- विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६ को कार्यान्वयन स्थितिको अध्ययन तथा एवं विश्लेषण गरी थप कार्यक्रमहरु कार्यान्वयनका लागि सिफारिस गर्ने,
- विपद् व्यवस्थापन सम्बन्धी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यक्त गरिएका प्रतिवद्धताहरुको कार्यान्वयन स्थितिको समिक्षा एवं नियमित प्रतिवेदन गर्ने
