Information & Technology Section
| egov@moha.gov.np | |
| Contact no. |
01-4211204 |
| Division | Administration Division |
Major Activities
- विद्युतीय सुशासन (e-Governance) सम्बन्धी,
- गृह मन्त्रालय र अन्तर्गतका कार्यालयहरूबाट प्रदान गरिने सेवाहरूलाई विद्युतीय माध्यमको प्रयोग गरी प्रवाह गर्ने सम्बन्धी योजना, कार्ययोजना, रणनीति, बजेट लगायतका आवश्यक कार्यहरू,
- विद्युतीय सुशासनका लागि गृह मन्त्रालय र अन्तर्गतका निकायबीच सूचना सञ्चार प्रविधि सञ्जाल( ICT Networking) सञ्चालन एवं व्यवस्थापन सम्बन्धी,
- गृह मन्त्रालय र अन्तर्गतका कार्यालयमा प्रयोग हुने विद्युतीयउपकरण, सफ्टवेयर, वेभसाइट आदि प्रयोग, उत्पादन, सञ्चालनको लागि आवश्यक नीति एवं कार्यविधितयार गर्ने सम्बन्धी,
- व्यवस्थापन सूचना प्रणाली (MIS) को विकास गरी प्रयोगमा ल्याउने,
- विद्युतीय सुशासनका लागि आवश्यक विद्युतीय उपकरहरूको प्रवन्ध गर्न स्पेसीफिकेशन लगायतका आवश्यक कार्य सम्बन्धी,
- वेभसाइट संचालनमा ल्याउने र आवश्यक व्यवस्थापन सम्बन्धी,
- विद्युतीय सुशासनका लागि आवश्यक तालिम एवं अनुशिक्षण कार्यको व्यवस्थापन सम्बन्धी,
- कम्प्युटर प्रणालीबाट नागरिकताको प्रमाणपत्र वितरण गर्ने सम्बन्धमा प्रविधि संयोजनको प्रवन्ध मिलाउने,
- गृह मन्त्रालय रअन्तर्गतका निकायबाट माग भए अनुसार प्रविधि प्रयोग र संचालनको व्यवस्थाका लागि प्राविधिक सहयोग एवं परामर्श उपलब्ध गराउने,
- प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई आवश्यक प्राविधिक सहयोग एवं परामर्श उपलब्ध गराउने ।
