Drug Control Section
| moha.drugportal@gmail.com | |
| Division | Policy, Plan, Monitoring and Evaluation Division |
Major Activities
- लागु औषधसम्बन्धी नीति तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन,
- लागु पदार्थ दुव्र्यसनीहरूको उपचार एवं पुनस्र्थापनासम्बन्धी नीति निर्धारण,
- लागु औषध बिक्रीवितरण, ओसारपसार र दुरुपयोग नियन्त्रण,
- लागु पदार्थ सम्बन्धी कार्यहरूको अभिलेख राख्ने,
- औषधि तयार गर्न चाहिने लागु पदार्थ झिकाउन र प्रयोग गर्न अनुमति दिने,
- बरामद भएको लागु औषध नष्ट गर्ने गराउने,
- लागु पदार्थ सम्बन्धी तालिम, गोष्ठी, सेमिनार आयोजना गर्ने,
- लागु पदार्थ नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले तय गरेका कार्यहरू गर्ने गराउने,
- लागु पदार्थ दुव्र्यसनीहरूको उपचार एवं पुनःस्थापना सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयनको लागि सामाजिक संघ, संस्थाहरूसँग समन्वय राख्ने,
- लागु पदार्थको दुष्परिणाम सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यहरूको तर्जुमा गर्ने र प्रचार प्रसार गर्ने,
- लागु औषध नियन्त्रण सम्बन्धी गतिविधि झल्कने प्रकाशनहरू प्रकाशित गर्ने,
- रासायनिक पदार्थहरूको नियन्त्रण सम्बन्धी कार्य गर्ने,
- विष्फोटक पदार्थ सम्बन्धी नीति निर्धारण, सोको निकासा र नियन्त्रणसम्बन्धी कार्य ।
- शाखा सम्वन्धी अतिगोप्य र महत्वपूर्ण कागजातहरुको संरक्षण र अभिलेखीकरण गर्ने सम्बन्धी,
- लागु औषध नियन्त्रण सम्वन्धी नीति, योजना, कार्यतक्रमहरुको तर्जुमा गरी पेश गर्ने,
- लागु पदार्थ नियन्त्रण सम्वन्धी उद्धेश्य लिई स्थापित स्वदेशी गैर सरकारी संस्थाहरुले मन्त्रालयसंग आवद्धता,
- लागु औषध नियन्त्रण सम्वन्धमा मन्त्रालय अन्तर्गत वा सम्वद्ध निकायद्वारा संचालन भएका कार्यक्रमहरुको बरोबर अनुगमन, प्रगति प्रतिवेदन र निर्देशन उपलब्ध गराउने,
- लागु औषध नियन्त्रण सम्वन्धमा अवश्यक सूचना, तथ्याङ्क तथा जानकारीहरु उपलब्ध गर्ने गराउने,
- स्वीकृत भएका विषयहरुमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय संघ संस्थाहरु संग आवश्यक पत्राचार गर्ने
- लागु औषधसंग सम्वन्धीत विषयमा कुनै निकाय वा संस्थाले बोलाउने बैठक, सेमिनार वा गोष्ठीमा आदेश अनुसार प्रतिनिधित्व गर्ने वा गराउने
- लागु औषध नियन्त्रण सम्बन्धी योजनापत्र, कार्यपत्र, कार्यक्रम ढाँचा, प्रस्ताव लेखन आदि कार्यहरु गर्ने गराउने,
