Relief and Data Management Section
| Division | Disaster and Conflict Management Division |
|---|
Major Activities
- राजनीतिक पीडित व्यक्तिहरुको जफत भएको सम्पत्तिको मुआब्जा दिने सम्वन्धी कार्य गर्ने,
- ऐतिहासिक जनआन्दोलनका घाइतेहरूलाई परिचयपत्र उपलब्ध गराउने सम्बन्धी कार्य गर्ने
- शहीद परिवारलाई परिचयपत्र उपलब्ध गराउने सम्बन्धी कार्य
- शान्ति स्थापना तथा द्वन्द्वको व्यवस्थापन सम्बन्धी आवश्यक सूचना, अध्ययन सामग्री र प्रतिवेदनको अभिलेख व्यवस्थापन सम्बन्धी कार्य
- द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्ति, परिवार,समुदाय र क्षेत्रको राहत, आर्थिक सहायता तथा पुनस्थापना सम्बन्धी कार्य
- द्वन्द्वका क्रममा मृत्युवरण गरेका, बेपत्ता पारिएका, अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको पहिचान गर्ने र अभिलेख व्यवस्थापन गर्ने र निर्धारित कानून बमोजिम राहत तथा आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी कार्य,
- द्वन्द्वका क्रममा भएको सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिको विवरण तयार गर्ने, अभिलेख राख्ने र यस सम्बन्धी अन्य कार्यहरु सम्पादन गर्ने,
- द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लघंका घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगबाट सिफारिस भएका उजुरीको कार्यान्वयन गर्ने सम्बन्धी कार्य,
- द्वन्द्वका क्रममा भएका घाइतेहरुको निर्धारित कार्यविधि अनुसार अपाङ्गताको प्रतिशत निर्धारण गर्ने, पुनरावलोकन गर्ने तथा आर्थिक सहायता तथा राहत उपलब्ध गराउने सम्बन्धी कार्य,
- कुनै घटनामा हत्या वा मृत्यु भएका राष्ट्रसेवक तथा सर्वसाधारणका पीडित परिवारलाई मापदण्ड बमोजिम आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी कार्य,
- सशस्त्र समूहको आक्रमण, नागरिक विरोध प्रदर्शन तथा विषेश परिस्थितिको क्रममा घाइते भएकालाई औषधि उपचार गराउँदा लागेको उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्य,
- सशस्त्र द्वन्द्वका मृतक एवम् घाइते र आश्रित परिवारजनलाई मासिक वृत्ति, आर्थिक सहायता र बालबालिकालाई छात्रवृत्ति एवम् अपहरणमा परेका व्यक्तिलाइ आर्थिक सहायता सम्बन्धी कार्यहरु गर्ने,
- Web-based software लाई निरन्तर अद्यावधिक गरी द्वन्द्व पीडित परिवारको हितमा उपयोग गर्ने प्रबन्ध मिलाउने
- सशस्त्र द्वन्द्व र त्यसका पीडितहरुको विवरण सम्बन्धी अभिलेख तयार गर्ने र त्यसको बहुआयामिक उपयोग सम्बन्धी कार्य,
