2079-04-20
2079-04-20
- मिति २०७९ साउन १९, काठमाडौं।
गृह मन्त्रालय र मातहत निकायका पदाधिकारीहरूसँग आ.व. ०७८/७९ मा भएको कार्यसम्पादन सम्झौताको मूल्याङ्कन गर्ने प्रयोजनार्थ गठित समितिबाट वार्षिक कार्यसम्पादन सम्झौताको मूल्याङ्कन प्रतिवेदन पेश गरिएको छ । समितिका संयोजक तथा मन्त्रालयका नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख डा. भीष्मकुमार भूसाल र मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख टेक बहादुर के.सि.ले गृहसचिव समक्ष मूल्याङ्कन प्रतिवेदन पेश गर्नुभएको हो। सो प्रतिवेदन अनुसार कार्य सम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत गरी ६८ वटा परिसूचकहरूमा ९७.७५ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय, गुल्मी सर्वोत्कृष्ट भएको छ भने क्रमशः ९७ प्रतिशत प्राप्त गरी जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची, ९६.७५ प्रतिशत प्राप्त गरी जिल्ला प्रशासन कार्यालय, नवलपरासी पूर्व, ९६ प्रतिशत प्राप्त गरी जिल्ला प्रशासन कार्यालय, रूकुम पश्चिम, र ९५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय,डडेलधुरा र जिल्ला प्रशासन कार्यालय, हुम्ला उत्कृष्ट अंक प्राप्त गर्ने पाँच जिल्लाभित्र पर्न सफल भएका छन् ।
© All Rights Reserved to Ministry of Home Affairs
Powered By: ProActive Developers