1 महिना अगाडी
2081-09-08
- पुष ८, २०८१।
गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सोमबार बिहान गृह मन्त्रालयका विपद् तथा द्वन्द व्यवस्थापन महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दिपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।मा. गृहमन्त्री रमेश लेखकज्यूले अब गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याको घटनालाई नियन्त्रण र न्यूनीकरणमा काम हुने बताउँदै गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याको घटना उल्लेखनीय रूपमा घट्ने विश्वास समेत व्यक्त गर्नुभयो।
© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय
Powered By: ProActive Developers