2081-04-20
2081-04-20
- श्रावण २०, २०८१ ।
मिति २०८० चैत्र १ गतेको गृह मन्त्रालयको विज्ञप्ति अनुसार नागरिकता प्रमाणपत्र सम्बन्धित प्रक्रियालाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ स्थानीय तहहरुले अनलाइन प्रणालीमार्फत् नागरिकता सिफारिस गर्ने सम्बन्धमा अर्घाखाँची जिल्लाको ६१ वटा वडा कार्यालयहरुबाट प्रणाली प्रयोग गरी नागरिकता सिफारिस गर्ने कार्यको सुरुवात भएको छ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका र शितगंगा नगरपालिकामा श्रावण २० गते देखि प्रणाली प्रयोग सुरु गरिएको छ।